८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार राति मोरङको बेलबारी नगरपालिका–९ तीनकुटियामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।  मोटरसाइकल चालक बेलाबारी–९ का २८ वर्षीय उमेश चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमनकुमार तिमल्सिनाले बताए।

मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वासको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने मृतक मोटरसाइकल चालक चौधरीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ श्रावण २०७८ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App