५ वैशाख २०८१ बुधबार
समाज

अर्घाखाँची कोरोनाको अति उच्च जोखिमको सूचीमा, साउन १६ देखि कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची ।

कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा यही साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने भएको छ। १६ गते राती बाह्र बजेबाट लागु हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निर्णय गरेको छ। कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए।

१७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। अर्घाखाँचीसंगै छिमेकी कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान जिल्ला पनि अति उच्च जोखिमको सूचीमा छन्। जिल्लामा गएको तीन दिनमा दुई सय संक्रमित थपिएका छन्। मंगलबार ८७ जना संक्रमित थपिँदा बुधबार ६९ जना संक्रमित थप भएका थिए। यस्तै बिहीबार ४४ जना संक्रमित थपिएपछि जिल्लामा निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो।  

निषेधाज्ञा यसअघि पनि लागु थियो। तर, नामको मात्र निषेधाज्ञा भएको भन्दै पूर्ण निषेधाज्ञा लागु गर्न दवाब बढेको थियो। कोरोनाको जोखिम कम गर्न अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्नेछन्। यातायात, बैंक तथा वित्तिय संस्था पूर्ण रूपमा बन्द हुने निर्णय भएको छ। अर्घाखाँचीमा बिहीबार बेलुकासम्मको तथ्याङ्कमा ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १४ श्रावण २०७८ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App