७ वैशाख २०८१ शुक्रबार
समाज

फरार सूचीका ५ अभियुक्त प्रहरी नियन्त्रणमा

उदयपुर जिल्ला अदालत । फाइल : तस्बिर

अघिल्लो दिन ३ जना फरार पक्रेको उदयपुर प्रहरीले बुधबार थप ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भईसके पनि भाग्दै आएका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय उदयपरबाट खटेको विशेष टोलीले बुधबार साँझ ५ः३० बजेको समयमा लागू औषध गाँजा मुद्धामा फरार त्रियुगा नगरपालिका ८ चुहाडेका ६६ वर्षीय पूर्णबहादुर बिष्ट पक्राउ परेका हुन् । जिल्ला अदालत उदयपुरले २८ दिन कैद र २ हजार जरिवानाको फैसला गरे पनि भाग्दै आएका बिष्टलाई जिल्लाको बेलका नगरपालिका ८ सेतीखोलामा लुकिछिपी बस्दै गरेको फेला पारी पक्राउ गरेको जनाएको छ ।  

त्यस्तै बुधबार राति ८ः३० बजे थप ४ जना फरार अपराधी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने फरार अभियुक्तहरुमा बेलका ९ धौरीका २७ वर्षीय मनकुमार राई, बेलाका ३ जाल्पादेवी टोलका ३५ वर्षीय बच्चे भन्ने भीमबहादुर बस्नेत, सोही ठाउँका २८ वर्षीय शंकर खत्री र २४ वर्षीय विनोद बस्नेत रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बताए ।  

उनीहरु उपद्रव मुद्धामा सजायका भागीदार भए पनि भाग्दै आएका थिए । आपराधिक गतिबिधि गरी मुद्धा चलेर अदालतले दोषी करार गरे पनि भाग्दै आएका फरार अभियुक्तहरुको खोजी गरी कैद तथा जरिवाना भुक्तान गर्ने अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ सबैलाई प्रहरीले कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको एसपी बोहराले बताएका छन् ।  

मंगलबार मात्र ३ जना फरार अभियुक्तहरु पक्राउ परेका थिए । उनीहरुलाई पनि पक्राउलगत्तै अदालतमा बुझाइएको र अदालतले सजाय भुक्तानको प्रक्रिया अघि बढाईसकेको जनाएको छ ।  

प्रकाशित: १४ श्रावण २०७८ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App