५ आश्विन २०७८ मंगलबार
समाज

काठमाडौंको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका निजहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रकाशित: १४ श्रावण २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App