८ वैशाख २०८१ शनिबार
समाज

जबरजस्ती करणी र बहुबिवाहका फरार ३ अभियुक्त पक्राउ

जिल्ला अदालत उदयपुर। तस्विरः महेश्वर/ नागरिक

उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।  

प्रहरीले ०७७ वैशाख ११ गते बहुविबाह आरोपमा दर्ता भएको मुद्धाका पतिबादी चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय हरिमान कटुवाल र सोही नगरपालिका ९ की ३८ वर्षीया रमा कोईराला पक्राउ परेका छन्। उनीहरुलाई गत ८ गते काठमाडौंको थानकोटमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलटारले फेला पारी पक्राउ गरेको हो।  

जिल्ला अदालतको फैसला अनुसार पुर्पक्षका लागि जुना आदेश भएका कटुवाल र ५५ हजार धरौटीमा तारेखमा छुट्ने आदेश पाएकी कोईराला दुवै फरार रहेका थिए। इप्रका बेलटारका सहायक निरीक्षकको कमाण्डमा खटेको टोलीले पक्राउ गरी ल्याइएका उनीहरुलाई अदालतमा बुझाइएकोमा कटुवाललाई बुधबार कारागार चलान गरेको छ भने कोईरालालाई ५५ हजार धरौटी लिएर तारेखमा छाडिएको छ। त्यस्तै चौदण्डीगढी नगरपालिका ४ का राजीवन राईकी छोरी ४७ वर्षीया जोगमाया राई नाम गरेको किर्ते नेपाली नागरिक्ताको प्रमाणपत्र साउन १० गतेदेखि प्रचलनमा ल्याएको पाइएकाले ११ गते नै पक्राउ गरी अदालतमा बुझाइएको छ । अदालतले उनलाई २० हजार धरौटी लिएर तारेखमा छाडेको प्रहरीले जनाएको छ।  

त्यसैगरी ०७३ माघ १८ गतेदेखि फरार रहेका जवरजस्ती करणी आरोपमा दोषी करार भए पनि फरार रहेका चौदण्डीगढी नगरपालिकाकै ८ सिद्धिपुरका ४१ वर्षीय बिजय थुलुङ राई घरबाटै पक्राउ परेका छन्। इप्रका बेलटारको टोलीले पक्राउ गरेका उनलाई अदालतको फैसला अनुसार तोकिएको ५० हजार धरौटी राख्न नसकेपछि बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७८ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App