७ वैशाख २०८१ शुक्रबार
समाज

गुल्मीको मुसीकोटमा जिप दुर्घटना ३ को मृत्यु

गुल्मीको मुसिकोटमा भएकाे जीप दुर्घटना।

गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। गुल्मीको शान्तिपुरबाट तम्घास जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप बिहान ११ बजेतिर मुसिकोट ४ दोभानमा दुर्घटना भएको हो।  

गुल्मी प्रहरीका अनुसार मृत्यु हुनेमा चन्द्रकोट गाँउपालिका ५ हरेवाका रेशम कार्की र वडा नं. ४ शान्तीपुरका तेजेन्द्र थापा छन्। मृत्तक एक जना महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपि पुरुषोत्तम पाण्डेले बताए। 

तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो। जिपमा १० जना सवार थिए। घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल तम्घासमा उपचार भइरहहेको छ। एक जनाको अवस्था गम्भिर रहेको डिएसपी पाण्डेले बताए। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।  

प्रकाशित: १३ श्रावण २०७८ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App