४ वैशाख २०८१ मंगलबार
समाज

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले भारतबाट अवैधरुपमा भित्र्याइएका कुल ५ करोड ७० लाख ३७ हजार ३७५ रुपैयाँको बिभिन्न माल सामान बरामद गरेको हो। 

आर्थिक वर्ष २०७६/०७७ मा जम्मा १ करोड २ लाख १९ हजार ३६१ को माल सामान बरामद भएको थियो। प्रहरी उपरीक्षक दानबहादुर कार्कीले तस्करहरुमाथि निगरानी बढाइए पछि यस्तो परिणाम आएको बताए। गत आर्थिक वर्षको असारमा सबैभन्दा बढी ९९ लाख ९४ हजारको सरसामान बरामद गरिएको थियो। 

यस्तै गत साउनमा ९२ लाख २३ हजारको सामान पक्राउ परेको थियो। गत वर्ष २ करोड ६६ लाखको सवारी साधान, २४ लाख २५ हजारको किराना सामान, मटर केराउ २१ लाख १८ हजार, लत्ताकपडा ३३ लाख ९९ हजार, रागाभैसी ३२ लाखा १४ हजार, खसीबोका २६ लाख ४० हजारको पक्राउ गरिएको थियो। 

यस्तै १९ लाखको इलेक्ट्रीक सामान, ३५ लाख ५० हजारको चल्ला तथा माछा, १६ लाख नगद, ४५ लाख ६१ हजारको सुनचाँदी, १६ लाख ८८ हजारको काठ, १६ लाख ६६ हजारको गोरुगाई तथा अन्य सामान १५ लाख ५४ हजारको बरामद भएको प्रहरी नायब उपरीक्षक धर्मराज भनडारीले बताए। पक्राउ गरिएको मालसामानहरु सुठौली र कृष्णनगर भन्सारमा बुझाइएको भन्डारीले बताए। ‘प्रहरीको अथक प्रयास र निगरानी यस्तो परिणाम आएको हो’, प्रहरी उपरीक्षक कार्कीले भने,‘हामीले यो कार्यलाई निरन्तरता दिनेछौ।‘ 

सुठौली भन्सारका प्रमुख रमेश खड्काले प्रहरीले निगरानी बढाउँदा एक वर्ष मै साढे ५ करोडको अवैध सामान बरामद गर्न सफल भएको बताए। प्रहरीकै कडाईका कारण सुठौली र कृष्णनगर भन्सारको लक्ष्य समेत पार भएको उनले बताए।

प्रकाशित: १२ श्रावण २०७८ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App