१७ चैत्र २०८० शनिबार
समाज

सुनसरीका बस्तीमा रोकिएन बाँदर आतंक

सुनसरीको नेपाल–भारत सिमावर्ती देवानगञ्ज गाउँपालिका विभिन्न बस्ती र क्षेत्रमा वर्षौदेखि जारी रहेको बाँदरको आतंक पछिल्लो समयमा अझै बढ्दा स्थानीयहरु हैरान बनेका छन्।

प्राकृतिक बन नभएको सो क्षेत्रमा रहेका बाँस झ्याङ र सिमलका पुराना रुखहरुलाई बासस्थान बनाउँदै आएका बाँदरहरुको संख्या यो वर्ष झनै दोब्बर हुँदा स्थानीयहरु चिन्तित् बनेका हुन्।

सीमा क्षेत्रको देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज र घुस्की क्षेत्रमा वर्षौदेखि सिमल तथा बाँसको झयाङमा बासस्थान बनाउँदै आएका रैथाने बाँदरले किसानको खेतवारीमा लगाएको बालीनाली नष्ट गरिदिएको कप्तानगञ्ज ४ का सुरेन्द्र मेहता बताउँछन्।

मेहताका अनुसार बाँदरका बथानले व्यवसायीक किसानले लगाएको तरकारी खेती, फलफूल खेती, मकै, धान, गहु बाली, आँप लिची कटहर खानुका साथै नष्ट गरिदिने गरेका छन्। उनका अनुसार लामो समयदेखि बाँसको झाङ र सिमलको रुखमा बासस्थान बनाएका बाँदरले मानिसको चहलपहल नभएको मौका छोपी घरभित्र पसेर अन्नबाली, खाना सबैकुरा नष्ट गरिदिने गरेका छन्।  

हाल देवानगञ्ज–४ स्थित शंकरपुर टोलमा मात्रै करिब २ सय बढी बाँदरहरु छन्। बाँदरहरुको उचित व्यवस्थापन गरि समस्याको दीर्घकालीन समाधान गरिपाउँ भनी स्थानीयले देवानगञ्ज गाउँपालिका र सुनसरी प्रशासनको समेत ध्यानकर्षण गराउँदै आएका छन् तर कसैको पनि प्राथमिकतामा नपर्दा स्थानीयले दुख झेल्नु परेको स्थानीयको गुनासो छ। 

प्रकाशित: १२ श्रावण २०७८ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App