coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालबिवाह हुन नदिने रौतामाईको प्रतिबद्धता

सहजीकरण तालिममा प्रयोगात्मक गराईँदै किशोरकिशोरीलाई। तस्बिरः महेश्वर/नागरिक

किशोरकिशोरीमाथि हुने उपेक्षा,दुर्व्यवहार, विभेद र हिंसाविरुद्ध व्यवस्थापन गर्दै उनीहरुको सशक्तिकरण तथा संरक्षण गर्न जिल्ला र गाउँपालिकाका सरोकारवालाहरु एकजुट हुने भएका छन्। जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरण्को तालिममा सहभागी सरोकारवालाहरुले किशोरकिशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्।  

वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा जिड्सले १० देखि १९ वर्षसम्मका किशोरकिशोरीका विभिन्न सवालमा सरकारी तथा गैरसरकारी संस्थालाई राखेर सहजीकरण गरेपछि सरोकारवालामा यो प्रतिबद्धता आएको हो । किशोरलक्षित कार्यक्रमको सहजीककरणमा जिल्ला प्रहरी, इलाका प्रहरी रौतामाई, जिल्ला अदालत, गैरसरकारी संस्था महासंघ शिक्षक, अभिभावकलाई सहजीकरण गरिएको थियो।, त्यस्तै गाउँपालिका, किशोरकिशोरी समूह, बार एशोसिएसन, ओरेक, बाल संगठन, युवा सञ्जाल, उद्योग वाणिज्य संघ, मानव अधिकारकर्मी,  पत्रकार महासंघ, गाउँपालिका र वडास्तरीय बाल अधिकार समिति, एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी), जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय पनि सहजीकरणमा सहभागी थिए।

जिल्लाभित्र क्रियासिल सरकारी तथा गैरसरकारी संघसंस्थाका २ दर्जन बढी सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको सहजीकरण तालिममा बालबिबाह, हिंसा, उपेक्षा, दुव्र्यवहार, विभेदलाई न्यूनिकरण गर्दै  पीडितलाई तत्काल राहत र न्याय हुने किसिमले सिफारिश प्रणालीलाई जोड दिइएको थियो। तालिममा तालिममा जिल्लामा बालबालिका र किशोरकिशोरीरुको अवस्थाबारेमा विश्लेषण गरी जानकारी गराइएको थियो। 

तालिम समापन कार्यक्रममा बोल्दै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बालबिबाहका घटना रौतामाई गाउँपालिकाक्षेत्रमा दिनानुदिन बढ्दै गएकाले सो को न्यूनिकरण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै बजेट छुट्याएको बताए। उनले बजेट बिनियोजन गरेर सरोकारवालाको सहकार्यमा बालबिबाहविरुद्ध अभियान सञ्चालन गर्ने तथा केही वर्षभित्रै गाउँपालिकालाई बालबिबाहमुक्त बनाउने प्रतिबद्धता पनि जनाए।

तालिममा घटना व्यवस्थापनबारे सरोकारवालाहरुलाई सचेत गराई जिम्मेवारीका साथ सिफारिस प्रणालीको माध्यमबाट सवै पक्ष एकजुट भएर पीडितलाई न्याय दिलाउने र राहत दिलाउने हिसावले लागि पर्ने प्रतिबद्धता जनाइएइको छ। त्यसका लागि सरोकारवाला सवै पक्ष मिलेर लाग्नुपर्नेमा गैरसरकारी संस्था महासंघ अध्यक्ष सुमन परियारको प्रतिबद्धता छ।  

किशोरकिशोरी अधिकारसम्बन्धी विषय विज्ञहरु सागर बुढाथोकी र सनिल कोईरालाको सहजीकरणमा भएको तालिम सदरमुकाममा ३ दिनसम्म चलेको आयोजक संस्था जिडस्का अध्यक्ष पुष्पराज पोखरेलले बताए। उनका अनुसार जाल्पाले सन् २०२१ देखि ३ वर्षका लागि रौतामाई गाउँपालिकाका ८ वटै वडामा किशोरकिशोरी र बालबालिकाको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ।  

जिड्का कार्यक्रम संयोजक अजयकुमार साहले रौतामाई गाउँपालिकाले गत असार १० गते किशोरकिशोरी संरक्षणसम्बन्धी नीति २०७८ समेत गाउँसभाबाट पास गरिसकेको बताए । उनले पारित नीतिका आधारमा बालबिबाह न्यूनिकरण गनेबारे दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने सोच बनाइएको छ। 

प्रकाशित: १२ श्रावण २०७८ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App