८ वैशाख २०८१ शनिबार
समाज

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बिजुलीबाट चल्ने मिल चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।  

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।  

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए।  

शव पोस्टमार्टम पश्चात आफन्तको जिम्मा लगाईएको र थप अनुसन्धान भईरहेको उनले जानकारी दिए। 

प्रकाशित: १२ श्रावण २०७८ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App