coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ः १ हजार ११६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार १ सय २६ जनाको पीसीआर परीक्षणमा ५सय ४२ र १ हजार ८ सय २१ जनाको एन्टिजेन परीक्षणमा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय ४९, मोरङमा १ सय ४४, सुनसरीमा १ सय ४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र तेर्‍हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ।झापाको विर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बार्‍हदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ, सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ। 

सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१ जनामा संक्रमण देखिएको छ।  पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेर्‍हथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमबार  २ सय ९१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २१ महिला र १ सय ७० पुरुष रहेका छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। लकडाउन खुकुलो भएसँगै प्रदेश १ मा संक्रमितको संख्या बढ्न थालेको हो। साउन ३ गते दैनिक संक्रमितको संख्या २५२ रहेकोमा साउन ११ गते बढेर १ हजार १ सय १६ पुगेको छ।

प्रकाशित: ११ श्रावण २०७८ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App