१६ चैत्र २०८० शुक्रबार
समाज

पहिलोपटक जग्गा नाप जाँच शुभारम्भ

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यस्थित बसोबासी व्यवस्थापनका लागि बाँकेको बैजनाथमा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ। बैजनाथ गाउँपालिका–६ नम्बर वडाबाट आइतबारदेखि जग्गा नाप जाँच शुभारम्भ गरिएको हो।

अव्यवस्थित बसोबास गरिरहेकाहरुका लागि माघदेखि लागत संलकन गरिएको थियो।  

गाउँपालिकाले १० हजार तीन सय १५ जनताको लगत संकलन गरिएको गाउँपालिकाले जनाएको छ। जसमध्ये भूमिहीन दलित नौ सय २४, भूमिहीन सुकुम्बासी एक हजार ६ सय २७, अव्यवस्थित बसोबासी सात हजार सात सय ६४ जना रहेको गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिए। गाउँपालिकाका सबै वडामा जग्गा नाप जाँच गरिने उनको भनाइ छ  

‘मान्छे २०४६ सालदेखि पूर्जा पाएका छैनन्,’ उनले भने, ‘यसले उनीहरुमा पक्कै खुसी आउने छ।’ वन क्षेत्र तथा एैलानी जग्गामा लामो समयदेखि बस्दै आएका उनीहरु लालपूर्जाको प्रतीक्षामा थिए।

प्रकाशित: १० श्रावण २०७८ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App