६ वैशाख २०८१ बिहीबार
समाज

सिमेन्टको खम्बाले किच्दा बालकको मृत्यु

खेल्नेक्रममा सिमेन्टको खम्बा लडेर किच्दा बालकको ज्यान गएको छ। इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको छ।

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएका थिए। उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उनको निधन भएको जिल्ला प्रहरीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। इलाम नगरपालिकाको खरेलडाँडाका बालक नेपालटारमा डेरा गरी बसेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७८ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App