५ वैशाख २०८१ बुधबार
समाज

सुनसरीका युवा उदयपुरमा गाँजासहित पक्राउ

सुनसरीका एक पुरुष उदयपुरमा गाँजासहित पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ८ हात्तीसुँडे भन्ने ठाउँबाट शुक्रबार दिउँसो ४ः३० बजे गाँजासहित सुनसरीको बराहक्षत्र नगरपालिका ६ चत्ररघट्टीका २९ वर्षीय बलराम यादव पक्राउ परेका हुन्।  

उदयपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको टोलीले यादवलाई शंका लागी चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेर नियन्त्रणमा लिएको हो। यादवको साथबाट १ किलोग्राम गाँजा बरामद भएको छ।  

पक्राउ यादवलाई बरामद गाँजासहित इप्रका रामपुरको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७८ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App