७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला!

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा काफलको रुखमुनि मानव शरीरको जस्तो देखिने हड्डी तथा कंकालहरु फेला परेको छ। 

महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट प्र.नि. सूर्यबहादुर शाहीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले कंकालहरु फेला परेको जनाएकाे छ। प्रहरी टोलीले हेर्दा काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको र सोही रुखको तल भुईमा मानवको जस्तो देखिने दुई वटा लामोलामो हड्डीहरु रहेको जनाएकाे छ।

यस्तै, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु यत्रतत्र छरिएर रहेकोले कानून बमोजिम घटनास्थल मुचुल्का गरी उक्त कंकाल तथा हड्डीहरुलाई संकलन गरी परीक्षणको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाए। घटनास्थलको नजिकै रातो रंगको म्याजिक चप्पल (अन्दाजी ७/८ नम्बर) एक जोर, एडीडास लेखेको कालो ट्राउजर १ थान, कालो हुक १ थान, हाप बाहुला भएको सेतो टिर्सट १ थान फेला परेको गिरीले बताए। 

यस प्रकारको कपडा लगाएको मानिस हराएको भएमा यसै सूचनालाई आधार मानी प्रहरीलाई सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

प्रकाशित: ८ श्रावण २०७८ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App