coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेडियोको वार्षिकोत्सवको अवसरमा ल्यापटप चोर पक्राउ गर्ने प्रहरीलाई सम्मान

भक्तपुरको एउटा रेडियो एफएमको वार्षिकोत्सवको अवसरमा शुक्रबार रेडियोको ल्यापटप चोर पक्राउ गर्ने प्रहरी वृतलाई सम्मान गरिएको छ। जिल्लाको सूर्यविनायकस्थित ग्रेस एफएमको १३ औं वार्षिकोत्सवको अवसरमा रेडियोको ल्यापटप चोरी गर्ने चोरलाई पक्राउ गर्न सफल महानगरीय प्रहरी वृत जगातीलाई सम्मान गरिएको हो। रेडियोको स्टेशन म्यानेजर केशव लुईटेलले महानगरीय प्रहरी वृत जगातीका इन्सपेक्टर विष्णुहरि फुयाँललाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।  

घटना विवरण अनुसार रेडियोको अफिसबाट सुरुमा एउटा ल्यापटप चोरी भएको थियो। समाचारलाई प्रयोग गरिएका दुईवटामध्ये एउटा मात्रै ल्यापटप चोरी भएको थियो। तर त्यो चोर पत्ता लगाउन सकिएको थिएन। गत असार १५ गते राति फेरि चोर आएको त्यहाँ कार्यरत दुई जना कर्मचारीले सुइको पाए। 

कर्मचारीले चोर पसेको सुइको पाएर स्टेशन म्यानेजरलाई तत्काल फोन गरेपछि स्टेशन म्यानेजर केशव लुईटेल राति पौने तीन बजे नै रेडियोमा पुगे। 'दुई बजेर ५७ मिनेटमा रेडियोमा पुगेर मैले महानगरीय प्रहरी वृत जगातीमा फोन गरे', लुईटेलले घटना विवरण सम्झँदै थपे, 'त्यसपछि प्रहरी तुरुन्त एफएमको कार्यालय सूर्यविनायक पुगे र चोर पक्राउ परे।'

जनाइए अनुसार पक्राउ पर्ने ती चोरसँग ल्यापटप थिएन। तर उनीमाथि अनुसन्धान गर्दै जाँदा दोश्रो पटक चोर्न असफल भई पक्राउ पर्ने उही चोरको टोलीले पहिलाको ल्यापटप चोरी गरेको अनुसन्धानबाट देखियो। 

चोरी गरी उनको समूहले धेरैलाई बेचिसकेको अनुसन्धानबाट पत्ता लागेको कार्यक्रममा बताइएकाे छ।

प्रकाशित: ८ श्रावण २०७८ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App