८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जन्मोत्सव खर्चले विद्यालयमा अक्षयकोष

समाजसेवी एवं शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमकको झापास्थित सिद्धार्थ उच्च माबिका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैयाँको अक्षयकोष राखेका छन्।  

२०३५ सालमा स्थापित जिल्लाकै पहिलो अंग्रेजी माध्यम विद्यालयका संस्थापकसमेत रहेका श्रेष्ठले कक्षा ११ मा उत्कृष्ठ ठहर्ने विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति दिनेगरी कोष स्थापना गरेका हुन्।  

धार्मिक तथा आध्यात्मिक पुस्तकका लेखक समेत रहेका श्रेष्ठले आफ्ना कृतिबाट आउने रोयल्टी दमकस्थित साहित्यिक संस्था प्रतिभा निकेतनलाई दिने समेत घोषणा गरेका छन्। श्रेष्ठका ‘गीता : कर्तव्य–नैतिकता’(अनुवाद), ‘ज्ञान अमृत’, ‘जन्म र कर्म’, ‘ज्ञानका कुरा’ जस्ता कृति प्रकाशित छन्।

बुधबार आफ्नो ८५ वर्षे उमेर जन्मोत्सवका अवसरमा समाजसेवी उत्तमकुमारले आफूले स्थापना गरेको सिद्धार्थ बोडिङ्ग उमावि अध्ययन गर्ने कक्षा ११ का गरीब तथा जेहेन्दार विद्यार्थीमध्ये उत्कृष्टलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले निजी तवरमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको जानकारी दिए।  

यसैगरी, आफ्ना कृतिको  बिक्रीबाट  आउने  रकमको निश्चित रोयल्टी साहित्यिक संस्था प्रतिभा निकेतनलाई प्रदान गर्ने घोषणा पनि गरेका छन्। केवल सुशिक्षा र नव चेतनाको लागि समर्पित उत्तमकुमारले पूर्वेली शिक्षा–संस्कृतिका लागि थप सहयोग–समन्वयको काम गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ८ श्रावण २०७८ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App