काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दूरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दूरीका सवारीसाधन चल्न दिने व्यवस्था मिलाउन लागेको हो।
शुक्रबार प्रशासनले सूचना जारी गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।
‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ, ‘यात्रा गर्ने यात्रु महानुभावले अनिवार्यरुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न हुन अनुरोध छ।’
प्रकाशित: ८ श्रावण २०७८ ०९:२५ शुक्रबार