coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वागमती प्रदेशभित्र दर्ता भएका सवारीसाधनकाे नवीकरण अनलाइनबाटै

बागमती प्रदेश सरकारले अबदेखि वागमती प्रदेशभित्र दर्ता भएका सवारीसाधनकाे नवीकरण अनलाइनबाटै गर्न सकिने जनाएको छ। भौतिक पुर्वाधार विकास मन्त्रालयले आयोजना गरेको शुक्रबारको कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेलले अनलाईन नविकरण कार्यको उद्घाटन गरेका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ। अनलाइनबाट सवारी कर भुक्तानी गरेपछि एक पटकको लागि भने करदाता यातायात कार्यालय पुग्नु पर्नेछ।

प्रदेश सरकारको लागि आजको दिन सवैभन्दा महत्वपुर्ण दिन भन्दै उनले आर्थिक श्रोतको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस कार्यले सहयोग पुर्‍याउने बताए। ‘सेवाग्राहीले पाउने दुख कष्टको पनि अन्त्य हुने छ,’ उनले भने, ‘गुमिरहेको राजश्व वृद्धिलाई पनि यस कार्यले सहयोग पुर्‍याउने छ।’ डिजिटल बागमतीको नारालाई सार्थक रुपमा अगाडी बढाउने कार्य अन्र्तगत यो कार्य रहेको उनले बताए। 

प्रकाशित: ८ श्रावण २०७८ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App