५ वैशाख २०८१ बुधबार
समाज

थप २ हजार ७१४ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पिसिआर परीक्षणमा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना संक्रमण पुष्टि भएको हो।

यसैगरि, २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान जानेहरुको संख्या ९ हजार ६६१ रहेको छ।  

यस्तै, पछिल्लो २४ घन्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन्।

प्रकाशित: ७ श्रावण २०७८ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App