coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वन्यजन्तुको आक्रमणबाट एकको मृत्यु

माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ ।  बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उनको शव फेला परेको हो । उनको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । उनलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ । रासस 

प्रकाशित: ७ श्रावण २०७८ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App