पौडी खेल्ने क्रममा डुबेर नेपालगन्जका तीन जना युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारस्थित बन्दामा पौडी खेल्न पुगेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी १७ वर्षीय अरमान जसगढ, सोही उमेरका रसिद जसगढ १८ र १६ वर्षका आरिभ जसगढको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
मुस्लिम समुदायको महान पर्व बक्राराईदका दिन रमाईलो गर्न भनि कोहलपुर पुगेका उनीहरु अपरान्ह ५ बजेतिर डुबेको उनले बताए । पौडी खेल्न पुगेका पाँच मध्ये दुई जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक तीनै जनाको शव पोष्ट मार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ । पौडी खेल्न पुगेका युवा डुबेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी पुगेर उद्धार गरेको थियो ।
प्रकाशित: ६ श्रावण २०७८ १४:३८ बुधबार