१३ आश्विन २०७८ बुधबार
समाज

प्रदेश १ मा ४ सय ६७ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बुधबार  ४ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय ८ जनाको पिसीआर परीक्षण गर्दा २ सय २१ महिला र २ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार झापामा १ सय ७३, मोरङमा १ सय ३५, सुनसरीमा १ सय ६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २,  पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको  छ । मन्त्रालयका अनुसार झापाको दमकमा ५०, विर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६–१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।  मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ ।  

सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रिबासमा ६, शहिदभूमी र छथरमा १–१ जनामा संक्रमण देखिएको छ । इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा १–१, संखुवासभाको खाँदबारीमा २,  पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार ६ सय ५७ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ९० संक्रमणमुक्त भएका छन् । आज ३ सय ५७ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित: ६ श्रावण २०७८ १९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App