८ वैशाख २०८१ शनिबार
समाज

ब्राउन सुगरसहित २ जना पक्राउ

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्। मंगलबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा ३ का २० वर्षीय धीरज चौधरी र २१ वर्षीय कृष्ण चौधरीलाई पक्राउ गरेको हो।  

पुलनजिकै लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सुराकीका आधारमा खटेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। उनीहरुको साथबाट ७ सय ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ। पक्राउ दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको छ।  

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुनेबाट १ युवा पक्राउ परेका छन्। मंगलबार राति ८ बजेको समयमा अस्थायी प्रहरी चौकी तीनकुनेको टोलीले प्रतिबन्धित लागूऔषध ३ हजार ट्याब्लेटसहित धरान उपमहानगर १६ का १९ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो।

तामाङको साथबाट प्रहरीले स्पासपेन १ हजार ५ सय ट्याब्लेट र ट्रामेल ५० नामक लागूऔषध १ हजार ५ सय ट्याब्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय धरानलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयले जनाएको छ। इप्रकाले तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रदेश प्रहरी प्रवक्ता ननीनराज राईले बताएका छन्।  

प्रकाशित: ६ श्रावण २०७८ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App