७ वैशाख २०८१ शुक्रबार
समाज

खुकुरी प्रहार गरी बृद्धको हत्या गर्ने पक्राउ

खुकुरी प्रहार गरी बृद्धको हत्या गरेको आरोपमा उदयपुरका एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ सवा ५ बजेको समयमा सामान्य विवाद हुँदा त्रियुगा नगरपालिका ८ उत्तराही टोलका ६५ वर्षीय महिकर चौधरीको हत्या भएको थियो।  

चौधरीलाई निजकै घरमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ वर्षीय मेमोरी भन्ने किसन सदा पक्राउ परेका हुन्। सदाले विवादको क्रममा खुकुरी प्रहार गर्दा चौधरीको घट्नास्थलमै ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

घट्नाबारे स्थानीयले जानकारी दिएलगत्तै खटेको जिल्ला प्रहरीको टोलीले सदालाई खुकुरीसहित नियन्त्रणमा लिएर सदरमुकाम ल्याएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्। 

घट्नाको पृष्ठभूमि केलाउन प्रहरीले अनुसन्धान टोली गठन गरेर जाँचपड्ताल सुरु गरेको छ। घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ श्रावण २०७८ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App