७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

धादिङको थाक्रे गाउँपालिका वडा न ६ महादेवबेशीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका वडा न १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उनका छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृत्यु भएको प्रहरिले जानकारी दिए। बाबुको उपचारको क्रममा काठमाडौस्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमा मृत्यु भएको हो।  

दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षीय जीवन घर्ती घाइते छन्। घाइतेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ।  

मोटरसाइकललाई ठक्कर दिई फरार रहेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ असार २०७८ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App