७ वैशाख २०८१ शुक्रबार
समाज

बेपत्ता भएको ३८ दिनपछि हत्या गरि गाडिएको अवस्थामा सुजिताको शव भेटियो

हिँसादेखि हत्यासम्मको नालिबेली

आइतबार शौचालयको ट्यांकीमा भेटिएको सुजिता ठाकुरको हत्या गरिएको शव निकाल्दै प्रहरी। तस्बिर: नागरिक

एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा प्याक गरेर गाडिएको अवस्थामा प्रहरीले उत्खनन गरेर निकालेको हो।  

सुजितालाई बेपत्ता पारेर हत्या गरेको भन्दै माइतीपक्षले प्रहरीमा उजुरी दिएको थियो। माइतीपक्षको उजुरीपछि महोत्तरी प्रहरी, संघीय इकाई प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालयको संयुक्त प्रहरी टोली खोजी गरिरहेको थियो।

संघिय इकाइ प्रहरी कार्यालयबाट डीएसपी छोदीलाल कामती, प्रदेश प्रहरी कार्यालयबाट डीएसपी ज्ञानकुमार महतोसहितको प्रहरी टोलीको अनुन्धानबाट शव गाडिएको स्थान पत्ता लागेको थियो। शव गाडिएको ठाउँ पत्ता लागेपछि शव निकाल्न शौचालयको झण्डै ५ फिटको ढलान ट्यांकी फुटाउनु परेको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए। आधा गलिसकेको अवस्थामा फेला परेको सुजिताको शव माइतीपक्षले पहिचान गरेका थिए। उनले लगाएको लुगा र शारिरिक बनौटको आधारमा माइति पक्षले छोरीको शव पहिचान गरेका थिए।

सुजिताको हत्या गरेर गाडेको सूचना पछ्याउँदै प्रहरीले असार १३ गते धानको ब्याड राखेको खेतमा खन्दा करिब ६ फिट तल खाल्डोमा सुजिताको कपाल र शरीरको केही भाग गलेको अवस्थामा फेला पारेका थिए। उनको पूरा शरीर त्यहाँ नभेटिएपछि उनको हत्या गरी बेपत्ता पारिएको खुलेको थियो। शव बेपत्ता पार्न हत्यामा संलग्नले सुजिताको शव त्यो ठाउँबाट अन्तै सारेको सूचना पछ्याउँदै प्रहरीले नियन्त्रणमा लिएको आरोपितसँग तथ्य खुलाउने प्रयत्न गर्दै थिए। आइतबार बिहान करिब १ बजे सुजिताको शव गाडिएको स्थानबारे तथ्य आरोपितबाट खुलेको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर शव खोतल्न सुरु गरेका थिए। एसपी आचार्यका अनुसार शव वेपत्ता नै पार्ने मनसाय देखिन्छ।

घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको आफ्नै घडेरीमा निर्मार्णाधिन शौचालयको ट्यांकीमा गाडेको अवस्थामा शव भेटिएको ठाउँमा शव छोप्न पाँच फिट पक्की ढलान गरिएको थियो। त्यसमाथि काठहरु राखिएको प्रहरीले जनाएको छ। सुजिताको माइती पक्षले उनको देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरमाथि छोरी हत्याको आरोप लगाउँदै महोत्तरी प्रहरीमा जाहेरी दर्ता गराएका छन्।  

हिँसादेखि हत्यासम्म

सुजिता मारिनुअघि थुप्रै पटक शारिरिक, मानसिक हिँसाको सिकार भैसकेकी थिइन। ससुराली पक्षबाट कुटपिट उनका लागि समान्य बनिसकेको माइतीपक्षको भनाई छ। कुटपिट सहेरै भएपनि घरको लाज (ससुरालीको इज्जत) बचाउन मरिमेट्ने उनी अन्ततः ससुराली पक्षबाटै मारिन पुगीन्।

सुजिताका दाजु शिवम पाण्डेका अनुसार एक वर्षअघि उनी देवर र ससुराबाट निर्मम कुटिएकी थिइन्। त्यो बेला उनका देवर रुपेश ठाकुरले मुखमा तकिया कोचर मार्न खोजेको पाण्डे बताउँछन्। रुपेशको हातमा दाँतले टोकेर उनले ज्यान बचाएकी थिइन्। पाण्डे भक्कानिँदै भने,‘आखिर पापीहरुले बहिनीलाई मारेरै छाडे।’

पाण्डे सम्झन्छन्,‘जेठ १९ गते हुनुपर्छ सुजिताको ससुरालीबाट फोन आयो ‘तपाईको छोरी झगडा गरेर हैरान बनाइसक्यो आएर लैजानुस्’ भन्दै फोन राखे। तर एकैछिनमा पुनः फोन गरेर भने,‘तपाईहरु आउनु पर्दैन, कुरा मिलिसक्यो।’ पाण्डे भन्छन्,‘समान्य विवाद होला मिलिसक्यो भनेर चुप बस्यौं। के थाहा सधैंका लागि बहिनीलाई चुप लगाइसके पापीहरु, उनले रुँदै भने।’  

बहिनीको हाल बुझ्न जेठ २१ गते उनको ससुरराली पुग्दा उनी त्यहाँ थिइनन्। हामीले सोधीखोजी गर्दा ससुराली पक्षले भन्यो ‘सुजिता अर्कै पुरुषसँग भागिसकिन्। विश्वास नलागेर बहिनीको कोठामा लगाइएको ताला फोडेर हेर्दा, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छदैथियो पाण्डेले भने,‘बहिनीबाहेक उनको सम्पूर्ण सामान ज्यूँका त्यूँ थियो। 

पत्यार नलागेपनि हामी खोजीमा जुट्यौ, उनले भने।’  मृतक सुजिताको एक छोरा र एक छोरी छन्। दुबैजना मामालीमा  छन्। जति खोज्दा पनि सुजिताबारे कुनै सुराक फेला पार्न सकेनन् माइतीपक्ष। ‘विस्तारै भान्जा र भान्जीबाट बुझ्दै जाँदा सुजितालाई धारिलो हतियारले हत्या गरेको खुल्यो’ पाण्डेले भने,‘ जाहेरी लिएर महोत्तरी प्रहरीमा दर्ता गराउन जाँदा जाँदा एसपी साहेबले फर्काइदिनुभयो।’ तर हामी हरेस खाएर घर बसेनौं, उनले भने। खोजीका लागि सुजिताको माइतीपक्षले प्रहरीमा दवाव बढाउन थाल्यो।

प्रहरीले विस्तारै सक्रियता बढाउँदै गयो। र, असार १३ पछि संघिय, प्रदेश र जिल्लाको प्रहरीको संयुक्त अनुसन्धानबाट सुजिताको हत्या भएको यकीन भयो। सुजिताको ससुरा, देबरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा आइतबार बिहान सुजिताको हत्या गरि गाडिएको शवको स्थान यकीन गर्न सफल भए प्रहरी। स्थान यकीन भएपनि शव गाडेको स्थान खोज्न प्रहरीलाई घण्टौ लाग्यो। कारण शव गाडिएको ठाउँमाथि काठको थुप्रो थुपारिएको थियो। काठलाई हटाउनु, टयाङकीमा शव पहिचान गर्नु कठिन थियो। तर अन्ततः घण्टौको प्रयासपछि सुजिताको शव निकाल्न सफल भयौं, एसपी आचार्यले बताए।

प्रकाशित: २८ असार २०७८ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App