coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भैरहवाको ग्लास हाउसमा लागेको आगो नियन्त्रणमा, ५ करोडको क्षति

भैरहवाको सुन्दर ग्लास हाउसमा गएराती आगलागी भएको छ। सिद्धार्थनगर नगरपालिका ८ नारायण पथमा रहेको  प्लाइ हाउसमा गएराती ९ बजेदेखि आगो सल्किीएको थियो। रातभरको प्रयासपछि आज बिहान ५ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको हो। १५ वटा बढी दमकलले ८ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख एसपि मनोज केसीले बताए।बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

आगलागीबाट प्लाइबोर्डको ठुलो गोदाम सहित दुइ तले घर नै ध्वस्त भएको छ। आगलागी भएलगत्तै सुरक्षाकर्मी र स्थानीयले घरको माथिल्लो तलामा बसेका घरधनी परिवारलाइ सकुशल उद्यार गरेका थिए। घरमा रहेका नगद,सरसामान,मोटरसाइकल सहित प्लाइबोर्डको गोदाम जलेर नष्ट हुँदा ५ करोड बढीको क्षती भएको ग्लास हाउसका संचालक तथा घरधनी सुन्दर अग्रहरीले बताए।

नेपाल प्रहरी,सशस्त्र प्रहरी,सेना  र स्थानीय बासिन्दा आगो नियन्त्रणकालागि रातभर जुटेका थिए। भैरहवा,बुटवल,तिलोत्तमा,सैनामैना,लुम्बिनी,गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल,नेपाल आयाल निगमका दमकलले समेत आगो नियन्त्रणमा लिन नसकेपछि कपिलबस्तु र नवलपरासीबाट समेत दमकल मगाइएको थियो। 

आगो नियन्त्रणमा जुटेका स्थानीयहरुले विपत व्यवस्थापनमा स्थानीय तहहरु सचेत नभएको र तयारी फितलो हुँदा आगो नियन्त्रणमा लिन ढिलाइ भएको बताएका छन्। स्थानीयका अनुसार स्थानीय तहहरुबाट आगो निभाउन आएका दमकलमा पानी समेत भरेर नल्याइएको र केही स्थानीय तहले दमकल पठाउन निकै ढिलाइ गरेका थिए। 

बाक्लाे बस्तीबीचमा रहेको ग्लास हाउसमा लागेको आगो रातभर नियन्त्रणमा नआउँदा अन्य घरहरुमा समेत आगो सल्कन सक्ने त्रास बढेको भएपनि सुरक्षाकर्मी र स्थानीयबासीको संयुक्त प्रयासले अन्य घरहरुमा भने आगो नफैलिएकाे स्थानीयले बताए। 

प्रकाशित: २७ असार २०७८ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App