१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषध मुद्दाका प्रतिवादी हिरासत तोडेर फरार

इलाका प्रहरी कार्यालय लहान। तस्बिर : नागरिक

लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका प्रतिवादी शनिबार बिहान फरार भएका छन। नवराजपुर गाउँपालिका –१ का ३४ वर्षीय पशुपति यादव हिरासत पछाडिको झ्याल फोडेर फरार भएको लहान डीएसपी तपन दाहालले जानकारी दिए।

लागूऔषसहित पक्राउ परेका यादव ३७ दिनदेखि ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा अनुसन्धानको क्रममा थिए। उनलाई ३३ बोतल डाइलेक्स डीसी सहित जेठ २० गते प्रहरीले पक्राउ गरेको थियो।

हिरासत कोठा अगाडिको प्यासेजमा राखिएका थुनुवाहरुसँगै यादवलाई पनि राखिएको थियो। प्यासेजको पश्चिमपट्टी रहेको झ्याल फोडेर उनी कति बेला फरार भए प्रहरीले पत्तै पाएनन्। बिहान हेर्दा यादवलाई नभेटाएपछि प्रहरी खोजीमा जुटेको छ।

थुनुवा फरार भएको घटना अनुसन्धान तथा छानविन गर्न प्रदेश प्रहरी कार्यालय जनकपुुरधामबाट एसपी ज्ञानेन्द्र फुयाल र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा पाण्डेको छुट्टा छुट्टै टोली लहान पुगेको छ। एसपी पाण्डेले नागरिकसँग भने,‘हामी घटना अनुसन्धान गर्दैछौं। दोषी पाइएकामाथि कारवाही हुन्छ।’ सीमामा निगरानी कडा पारिएको छ। फरार थुनुवाको खोजीमा लहान, सिरहा र प्रदेशको प्रहरी परिचालन गरिएको छ।  

प्रकाशित: २६ असार २०७८ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App