coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिर्दिबासमा सेनाको हेलिकप्टरबाट चामल ढुवानी

तस्बिरः नागरिक

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि सेनाको हेलिकप्टरबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चारपटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका–३ सिर्दिबास (फिलिम) लगिएको खाद्य तथा व्यापार  कम्पनी लिमिटेडका सुचना अधिकारी शिब सुनारले बताए ।  

‘तीनपटकसम्म ७०–७० र चौँथो पटक ७२ बोरा चामल बुधवार ढुवानी भयो,’ उनले भने, ‘एकसय ५० क्विन्टल लैजाने योजना छ, बाँकी बिहीवार लैजाने बारे भने हेलिकप्टर आएपछि टुङ्गो लाग्छ ।’ जिल्ला प्रशासनले गृह मन्त्रालयको समन्वयमा खाद्य तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उपलब्ध गराएको चामल ढुवानी गरेको छ ।  

निषेधाज्ञाका कारण दुई महिना देखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको थियो । खाद्य तथा ब्यापार कम्पनीले चालु वर्ष ३५ सय क्विन्टल चामल डिपोमा ढुवानी गर्नुपर्ने भएपनि दुई हजार सात सय क्लिवन्टल मात्रै ढुवानी भएको थियो । उत्तरी गोरखामा खाद्यान्न अभाव हुन थालेपछि हेलिकप्टरबाट ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । 

प्रकाशित: २३ असार २०७८ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App