coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

बाढीले म्याग्दीमा पु¥याएको क्षति । तस्बिरःहरिकृष्ण गौतम÷नागरिक

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।

काम सकेर आवास फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन् । त्यस्तै म्याग्दीको मंगला गाँउपालिका–५ छिस्बाङमा खहरे खोलाको बाढीले घर भत्काउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । त्यस्तै बागलुङमा एक युवक पहिरोमा परेका बेपत्ता भएका छन् ।  म्याग्दीमा मालिका गाँउपालिका–६ दुखु घर भई छिस्बाङका थमबहादुर बुढाथोकीको घरमा पसल गरि बस्ने वर्ष वर्ष २३ का गजिन रोका र उनकी श्रीमति वर्ष १९ कि बिना रोकालाई घरले पुरेको थियो । उनीहरु दुवैजनाको शव प्रहरीले बिहान फेला पारेको थियो । 

पर्वतमा खहरेमा बगेको गाडी खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ । गाडीमा सवार प्राविधिक र चालक फेला परेका छैनन् । पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनि लामा कन्स्ट्रक्सनका प्राविधिक काठमाडौंका राजाराम आचार्य र चालक कैलालीका इन्द्र थारु बेपत्ता भएका हुन । उनीहरु सवार गाडी भने मोदी खोलाको ढुंगाको खोँचमा अड्किएको अवस्थामा फेला परेको छ । तर, नदीमा वहाव अधिक भएकोले गाडी बाहिर निकाल्न सकिएको छैन ।

प्रदेश नं.३–०१–०२३ च ३६४२ नं को गाडीमा सवार उनीहरु खहरेको भेलबाढीमा परेको बुढाथोकीले बताए । बुढाथोकीका अनुसार उनीहरु काम सकेर राती ११ बजेतिर सदरमुकाम कुश्माबाट आवास क्षेत्र डिमुवा फर्किने क्रममा कुश्मा नगरपालिका–८ दोबिल्लाको खहरे खोलामा परेका थिए । खोलाले गाडीसहित उनीहरुलाई बगाएर झन्डै डेढ किलोमिटर तलको मोदी खोलामा पु¥याएको डिएसपी बुढाथोकीले बताए ।  

‘मोदीको वहाव नघटेसम्म गाडी निकाल्न सक्ने अवस्था छैन । खोँचमा गाडी अड्किएको छ,’ उनले भने, ‘बेपत्ता भएका चालक र प्राविधिक गाडीभित्रै छन्  वा बाहिर बगे भन्ने यकिन भन्न सकिन्न ।’ खोँचमा वहाव बढी भएकोले पनि गाडी निकाल्न कठिन भइरहेको उनले बताए ।  उक्त क्षेत्रमा राती १० बजेपछि पानी पर्न थालेको थियो । तर ११ बजेतिर फर्किदै गर्दा माथिबाट आएको खहरेले गाडसहित बगाएको उनले बताए । ‘रातीको समयमा गाडी पार गराउने प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ । रातीमा भेलको आँकलन गर्न नसक्दा दुर्घटना भएको हाम्रो अनुमान छ,’ उनले भने ।  

उनका अनुसार अहिले लोकमार्गको डिमुवादेखि सदरमुकाम कुश्मासम्मको सडक खण्ड पनि क्षतविक्षत भएको छ । भीषण वर्षापछिको खहरेले क्षति गरेको उनले बताए । बाढीले आसपासका घरमा पनि क्षति पु¥याएको उनले बताए । त्यसबाहेक ग १६ प ९२६१ नम्बरको स्कुटर, प्रदेश नं.१–०२–०४३ प ४४५५ नम्बरको मोटरसाईकल पनि बगेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।  

बागलुङमा एकजना बेपत्ता  

अविरल वर्षापछि बागलुङ ताराखोला गाँउपालिका–३ घुस्मेली स्थित अर्खालबोटमा झन्डै ५० मिटर माथिबाट पहिरो झर्र्दा स्थानीय कृष्णबहादुर कार्कीको पुरिएर छोरा १८ वर्षका राजेन्द्र कार्की बेपत्ता भएका छन । कार्कीको गोठ पहिरोमा पुरिँदा ४१ वटा बाख्रा पुरिएका छन । उद्धार र खोजतलासमा गएको प्रहरीले परिवारका अन्य ५ सदस्यलाई  सुरक्षित स्थानमा सारेको प्रहरीले बताएको छ । 

प्रकाशित: २३ असार २०७८ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App