१६ चैत्र २०८० शुक्रबार
समाज

एकै गाउँका १९ जनामा काेराेना संक्रमण, गाउँ नै सिल

एउटै गाउँका १९ जनामा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरिएको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँका १९ जना कोरोना पोजेटिभ देखिएपछि एक साताको लागि गाउँ नै सिल गरिएको हो। सोमबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको बताइएको छ।

एउटै गाउँमा धेरै जनामा कोरोना देखिएपछि असार २१ देखि २७ गतेसम्म चडेपानी गाउँ सिल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए। उनले भने, ‘गाउँका ७१ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ। हामीले गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौं।’

चडेपानी गाउँमा संक्रमण पुष्टि भएका सबै अहिले होम आइसोलेसनमा बसिरहेका छन्। संक्रमितहरुले संस्थागत आइसोलेसनमा बस्न नमानेको उनले बताए। चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ। सिल गरिएको अवधिमा गाउँका सबैको कोरोना परीक्षण गरिने बताइएको छ।

प्रकाशित: २१ असार २०७८ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App