१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत सेती दोभानमा गएको पहिरो । तस्बिर: नागरिक

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। वर्षाका कारण सडकखण्डको भरतपुर महानगरपालिका वडा नं २९ मा पर्ने सेती दोभानमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। शनिबार अपरान्हदेखि दुईतर्फी खुलेको सडक गएराति ९ बजेदेखि फेरि अवरुद्ध बनेको थापाले बताए।

अवरुद्ध भएको ठाउँमा पहिरो हटाउने काम भइरहेको भएपनि माथिबाट पहिरो र लेदो झरि रहेका कारण समस्या भएको उनले बताए। बिहीबारदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड शनिबार दिउँसोबाट एकतर्फी खुलाएर सवारी साधनलाई गन्तव्यमा पठाईएको थियो।

यता पृथ्वी राजमार्ग भने शनिबार दिउँसोदेखि एकतर्फी संचालन भएको छ। सडक माथिबाट पहिरो र लेदो झरेर सडकमा थुप्रिएको र भासिएका कारण सडक एकतर्फि बनेको छ।  

प्रकाशित: २० असार २०७८ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App