coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा जलप्रलयः बकैया र बागमती नदीमा आएको बाढीले सयौं परिवार विस्थापित

संवेदनशिल स्थानमा आपतकालिन मर्मत कार्य युद्धस्तरमा

रौतहको विभिन्न नदी एवं खेलामा आएको बाढीका कारण डुबानमा परेकाे बस्ति। तस्बिर: मदन/नागरिक

रौतहको विभिन्न नदी एवं खेलामा आएको बाढीको कारण यहाको जनजिवन अस्तव्यस्त बनेको छ। निरन्तर चार दिन देखि परिरहेको अविरल वर्षाको कारण वागमती, लाल बकैया लगायतका विभिन्न नदीमा आएको बाढीले जिल्लाको मध्य एवं दक्षिणी भेग जलप्रलयबाट डुवान भई जनजिवन अस्त व्यस्त बनेको हाे।  

अविरल वर्षाको कारण वागमती र लाल बकैया नदी सँगै जिल्लाको झाँझ, भकुवा, अरुवा, चाँदी, लगायतका विभिन्न खोलामा आएको बाढीको कारण सदरमुकाम गौर सहित दर्जन बढी गाउँ डुबानमा परेका छन्।  

बकैया नदीमा आएको बाढीको कारण गौर चन्द्रनिगाहपुर सँगै जोडिएको सपगढा लचकामा पानीको बहाव तीव्र भएपछि शनिबार दिउँसोदेखी आवत जावत अवरुद्ध भएको छ। बाटो अवरुद्ध भएपछि गौर नगरपालिकाले प्रहरीको सहयोगमा नगरपालकाको निशुल्क रुपमा टयाक्टरमा मानिहरुलाई लोड गरेर लचका पार गराएर गन्तव्य स्थानतर्फ पुर्‍याउने गरेको पाइएको छ।

यस्तै बकैया नदीमा आएको बाढीको पानीले भारतीय बाधको कारण निकास नपाउदा इशनाथ नगरपालिकाको बन्जरहा गाउँ डुवानमा परेको छ। उक्त गाउँमा सरदर ३ देखि ४ फिट सम्म पानी जम्दा होचो स्थानमा घर भएका ५० घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। दक्षिण तिर भारतीय बाँध र पूर्व तिर बकैया बाँधको कारण बर्षा एवं बाढीको पानी निकास हुन नसक्दा बर्षेणी बन्जरहा गाउँ डुवानमा पर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।  

बाढीको  पानी बस्तिमा प्रवेश गर्न थालेपछि  करिब ५० घर परिवार आफै आफन्तको घरमा विस्थापित भएको वडा अध्यक्ष विगु साहले बताए। बकैया नदीमा आएको बाढीले बन्जरहा, वैरिया, फतुवा, लगायतको आधा दर्जन गाउँको सड्क सम्पर्क टुटेको छ।

त्यसैगरी झाँझ खोलमा आएको बाढीले दुर्गाभगवती, यमुनामाई गाउपालिकाको दर्जनौ घर डुवानमा परेको छ। दुर्गा भगवती गाउपालिका ५ बडहर्वाका करिब २५ घर परिबार बिस्थापित भएर बागमती नदीको तटबन्धका पाल टाँगेर बसिरहेको छ। बाँधमा पालको सहारामा बसिरहेका परिवारहरु पशु चौपाया संगै राखेर बसेको दुर्गा भगवती गाउपालिकाका प्रमुख अरुण कुमार साहले बताए। 

बकैया र झाझ खोलाको वाढीबाट दुर्गाभगवती गाउँपालिका ४ छतौना स्थित घरहरुमा बाढी प्रवेश गर्दा स्थानीयद्धारा वागमती सिंचाईको नहरको डिल भत्काएपछि उनीहरुको घरबाट पानी बाहिर निस्किएपनि उक्त पानी सदरमुकाम गौर क्षेत्रमा प्रबेश गरेर चारै तिर जलमग्न भएको अवस्था रहेको गापा प्रमुख साहको भनाइ छ।

बागमती नदिमा आएको बाढीले राजदेवी नगरपालीकाको ब्रम्हपुरी स्थित बागमती नदीमा बनाएको स्पर नं.१ मा क्षति पुर्‍याएपछि दुई दिन देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मर्मत कार्य जारी राखेको र गढीमाई नगरपालिकाको वडा नम्बर ६ सिगार्वनको वागमती पुलको वैंक प्रोटेक्सन, स्पर मर्मतको काम पनि भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए।  

 

प्रकाशित: २० असार २०७८ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App