७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। 

काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए।  

पहिरोले सवारीसाधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन्। घाईतेहरुको चितवनमा उपचार भइरहेको छ। त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन्। उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।  

अविरल वर्षासँगै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

प्रकाशित: १९ असार २०७८ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App