८ वैशाख २०८१ शनिबार
समाज

खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकुलो पारेको छ।

दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्। पहिलेको भन्दा खुकुलो पारेर निषेधाज्ञालाई असार २२ गतेसम्म थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।  

कोराेना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा लगाएको निषेधाज्ञाले संक्रमित हुने र मृत्यु हुने संख्यामा केही गिरावट आएपनि ढुक्क हुने अवस्था नभएकोले कोभिड १९ को रोकथाम तथा नियन्त्रण समेत गर्नुपर्ने र निषेधाज्ञाका कारणले आम नागरिकको जीवन कष्टकर बनेको, आर्थिक गतिविधि ठप्प भई मुलुककै अर्थतन्त्रमा गम्भीर धक्का पुगेकोले केही प्रावधान थप र परिमार्जन गरि निषेधाज्ञा थप गरिएको उनले बताए।  

नयाँ भेरियन्टको दोश्रो लहरको कोरानाको संक्रमणले बिकराल रुप लिँदै गएपछि गत वैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४, र स्थानीय प्रशासन ऐन २०२८ दफा ६(३) बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको प्रजिअ रिजालले बताए।

प्रकाशित: १५ असार २०७८ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App