coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा बस्ती उज्यालो कार्यक्रम

कर्णाली प्रदेश सरकारले विद्युतको पहुँच नपुगेको बस्तीलाई केन्द्रित गर्दै बस्ती उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्युत उत्पादनको लागि जलस्रोतको संभावना नरहेको र जसका कारण अन्धकार झेल्नु पर्ने बस्तीको पहिचान गरेर सौर्य उर्जा मार्फत बस्ती उज्यालो बनाउने कार्यको थालनी गर्न थालेको हो ।  

जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले आगामी ६ महिनाभित्र कर्णालीमा विद्युतको पहुँच नपुगेको बस्तीमा सौर्य उर्जाको विजुली बल्ने बताए । उनले भने,‘कर्णालीको भुगोल निकै विकट छ । केही बस्तीमा विद्युत उत्पादनको लागि जलस्रोतको अभाव छ । यो अवस्थाको निवारणका लागि बस्ती उज्यालो कार्यक्रमले राहत मिल्ने छ । आगामी आर्थिक वर्षमा कर्णालीका अन्धकार सबै बस्ती उल्यालिने छन् ।’

बस्ती विकास कार्यक्रमको लागि दुई करोड रुपैयाँ विनियोजन भइसकेको छ  । रकम नपुगेको खण्डमा थपेर पनि काम अघि बढाउने मन्त्री श्रेष्ठले बताए ।  

कर्णालीका दस वटै जिल्लाका सदरमुकाममा सोलार प्लान्ट राखिने छ । जसले विद्युत अभावलाई हटाउँदै कर्णालीवासीको मुहारमा उज्यालो अनुभूति गराउनेछ । बस्ती उज्यालो कार्यक्रममा ८० देखि एकसय घरसम्मको बस्तीमा सौर्य उर्जाको विजुलीको व्यवस्थापन गरिने छ ।

यो कार्यक्रम सञ्चालन गर्न बजेट पास हुने वित्तिकै विज्ञसंग छलफल चलाउँछौँ । मापदण्ड तयार पार्छौँ । बस्तीको पहिचान गछौँ, उनले भने,‘लामो समयदेखि अन्धकार खेपिरहेका कर्णालीवासीलाई उज्यालो प्रदान गर्छौँ ।’

मन्त्री श्रेष्ठले कर्णालीमा छरिएर रहेका माइक्रो हाइड्रोलाई एकीकृत गरेर उर्जा क्षेत्रलाई प्रभावकारी बनाउने बताए । छरिएर रहेको माइक्रो हाइड्रोले आउटपुट दिन सकेनन् । कहिले मेसिन पड्किने, कहिले नहर भत्कने त कहिले पहिरो जाने, बत्तिको पोल नहुने र तारको व्यवस्थापन नहुने समस्याले ग्रस्त छन् । मन्त्री श्रेष्ठले थपे,‘करोडौँ रकम खर्च गरेर बनाउनु पर्ने अवस्था कायमै छ । अब साना जलविद्युत सबै एकीकृत गरेर उर्जा क्षेत्रमा परिवर्तन ल्याउन जरुरी छ । मन्त्रालय यही काम गर्न लागि परेको छ ।’

उर्जा विकासमन्त्री श्रेष्ठले सुर्खेतको भेरिबबइमा ८ मेगावट र जुम्लाको तिला र हिमानदीको संगमस्थल नाग्ममा २० मेगावटको विद्युत निर्माण कार्य अघि बढाइने बताए । यी आयोजनाको लागि संभाव्यता अध्ययन सुरु हुने बताउँदै उनले भने,‘यो आयोजनाले कर्णालीको विद्युत क्षेत्रमा निकै प्रभाव राख्नेछन् ।’  

मन्त्री श्रेष्ठले भने,‘संभाव्यता अध्ययन गछौँ । संघ र नीजि क्षेत्र संग सहयोगको लागि अपिल गर्छौँ । प्रदेश सरकारले गर्न सक्ने काम अघि बढाउँछौँ । झलमल्ल कर्णाली निर्माणमा जोड दिनेछौँ ।’

कर्णालीको हरेक जिल्लामा टार सिँचाइ आयोजना अघि बढाइने भएको छ । यो सिँचाइले यहाँको कृषियोग्य जमिन हराभरा हुने लक्ष्य राखिएको छ । यो कर्णालीको लागि नयाँ काम हुनेछ ।  

बिना योजनाको काम गर्दैनौँ । विना सभाव्यता कुनै योजजा अघि बढाउदैनौँ, उनले भने,‘काम अघि बढाएपछि दिगो र प्रभावकारी हुने गरेर अघि बढाउँछौँ । मन्त्रालय यस्तो काम प्रति निकै सचेत छ ।’

सिँचाइका माध्यमबाट बाँझो जग्गालाई सिँचाइ गरेर अन्न फलाउने र रोजगारी सिर्जना  गर्ने वातावरण बनाइनेछ । उनले भने,‘२० मेगावट विद्युत उत्पादनको कार्यलाई सिट मनीको रुपमा अघि बढाइनेछ ।’

कर्णालीका हरेक जिल्लामा केन्द्रीय प्रसारण लाईन जोड्नको लागि पहल भइरहेको बताए । उनले भने,‘कर्णाली उज्यालो बनाउन चौतर्फी पहल भइरहेको छ । यो कार्यमा सरोकारवाला सबैको साथ चाहिएको छ ।’

नयाँ मन्त्रालय छ । नयाँ संरचना छ । चाहेर पनि धेरै कुरा गर्न सकिने अवस्था छैन । मन्त्री श्रेष्ठले भने,‘आफूले अघि सारेका आयोजनाको काम जसरी पनि पूरा गरेर जान लक्ष्य राखिएको छ ।

आफ्नो मन्त्रालयमा कुनै पनि राजनीतिक गन्ध आउन नदिने र काम गर्दा व्यक्ति र दल भन्दा माथि उठेर काम गर्ने उनले प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले आगामी वर्षमा विकास माग्न राजधानी धाउनु पर्ने परीपार्टीको अन्त्य गर्ने बताए ।

प्रकाशित: १५ असार २०७८ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App