७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङ लागेर पर्सामा ३ को मृत्यु

पर्सामा मंगलबार बिहानै चट्याङ लागेर बेग्लाबेग्लै ठाउँका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले अरु चार जना घाइतेसमेत भएका छन्। चट्याङ लागेर मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।  

सखुवाप्रसौनी गाउँपालिका ४ घर भएका ५५ वर्षीय रघुवीर यादव भैंसी चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। अर्को घटनामा पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रोसलान गदीको पनि चटयााङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै खेतमा धान रोप्न गएका बेला चट्याङ लागेर पर्साकै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थरुनीको पनि मृत्यु भएको छ।

रोसलानसंगै भैंसी चराइरहेका पटेर्वा सुगौलीका राजबली गद्दी गम्भीर घाइते भएका छन्। अरु जिराभवानीका ३ जना पनि चट्याङले घाइते भएका छन्। गम्भीर घाइते गद्दीलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ।

प्रकाशित: १५ असार २०७८ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App