८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर परियारको मृत्यु

उदयपुरका एक युवाको करेन्ट लागेर शुक्रबार ज्यान गएको छ। जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको विद्युतको पोलमा चढ्दा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।  

शुक्रबार दिउसो १ः०० बजेको समयमा भैंसी चराउन निस्केका परियार भर्खरै बिस्तार गरिएको विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ असार २०७८ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App