८ वैशाख २०८१ शनिबार
समाज

पाइलट सहायकरथी राणालाई उपरथीको दर्ज्यायनी

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यायनी चिह्न प्रदान गरेका छन्। 

मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यायनी चिह्न प्रदान गरे।  

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

प्रकाशित: ११ असार २०७८ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App