coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय युवाद्वारा हेलम्बुका बाढी पीडितलाई राहत वितरण

तस्बिर : नागरिक

बाढी–पहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को आर्थिक सहयोगमा तिम्बुका विस्थापित स्थानीयलाई राहत वितरण गरेका हुन् ।  

तेम्बाथाङ्ग एकीकृत नमूना वस्ती विकास केन्द्रका अध्यक्ष शाङ्गे शेर्पाका अनुसार ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा गरेकापछि चामल, दाल, तेल, नुन, चिनीलगायतका खाद्य सामग्री वितरण गरिएको हो ।  

त्यस्तै बाढी–पहिरोमा आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई १० हजार र घरविहिन भएका परिवारलाई पाँच  हजार रुपैयाँ नगद पनि वितरण गरिएकोे उनले बताए ।

तिम्बु स्वास्थ्य चौकीलाई पनि औषधि लगायत स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।    

‘अहिले बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ । पहिरोले सडक भत्किएपछि खाद्य सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन’, उनले भने,‘वैकल्पिक खच्ची सडक पनि लगातारका वर्षाका कारण सवारी गुड्न मुस्किल छ ।’  

वर्षाले ठाउँठाउँमा पहिरो जाने र खाल्डो–हिलो बढी भएकोले वैकल्पिक सडकबाट राहत सामग्र पुर्याउन निकै संघर्ष गर्नु परेको उनले बताए ।  

त्यस्तै मृतक तथा विस्थापित परिवारका लागि काठमाडौंस्थित बौद्धका सूर्जेर्यबज्र्र लामाले पनि एक लाख ५० हजार बारबरको खाद्य तथा नगद सहयोग गरेको छन् ।  

हेलम्बुका बाढी–पहिरोबाट विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण सुरु गरिएको मेलम्ची घ्याङ युवा क्लबका सदस्य पेमाटाँसी शेर्पाले बताए ।  

‘हेल्मो सोसाइटी अफ अमेरिका’लाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ । यस्तो विपद्को बेला पिडित परिवारको उद्धारमा ठूलो राहत मिलेको छ।’  

केहीदिन भित्र अन्य गाउँहरुमा पनि राहत सामग्री उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए ।  

प्रकाशित: ११ असार २०७८ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App