जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लागेको मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो।
नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गको प्रयासमा फसेका सबैको सकुशल उद्धार भएको हो। विजयादशमीमा महावीर युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलीले विभिन्न निकायबाट आएका जेसिबी र क्रेनको सहायताले फसेका सबै व्यक्तिको सकुशल उद्धार गरेको यहाँस्थित नेपाली सेनाले जनाएको छ। रासस
प्रकाशित: ११ आश्विन २०८२ ११:४० शनिबार





