७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसी तुवाचुङ : स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ।

बिहिबार सम्पन्न नगरसभामा उपमेयर बिमला राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका तथा जिल्लाबाट प्रकाशन हुने छापा तथा विद्युतीय सञ्चार माध्यमलाई संघीय सरकारकै शैलीमा लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने विषय समेटिएको छ। नगरपालिकाले राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने विज्ञापन तथा सूचना पनि नगरपालिका वा जिल्लाभित्रका एजेन्सीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम ल्याएको छ। यस्तै, नगरपालिकाभित्रका न्यून आय भएका पत्रकारिता लगायत अन्य विषयमा पिएचडि गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने, नेपाल पत्रकार महासंघसँगको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गर्ने, ‘राम्रो हलेसी, हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याइएको मेयर इवन राईले बताए।  

नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ५८ करोड १६ लाख २८ हजार ५५० रुपैयाँ बराबरको बजेट ल्याएको छ। नगरपालिकाले भूमी बैंकको अवधारणलाई अवलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, अर्गानिक व्यवसायीक कृषि प्रवद्र्धनमा जोड दिने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, नगरका सार्वजनिक जग्गामा केरा खेती गर्न प्रोत्साहन गर्ने, एक वडा एक कृषि÷पशु पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने, हरेक वडामा कृषिजनय वस्तुको संकलन केन्द्र स्थापना गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुट जस्ता नगदेबाली खेती गर्नेलाई प्रोत्साहन स्वरुप नगद प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ।

प्रकाशित: ११ असार २०७८ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App