coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

भोकमरीको चपेटामा रहेका धादिङको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायलाई खाद्यन्न सहयोग गरिएको छ। घरमा अन्नपात सकिएर भोकमरी लागेको समाचार आएपछि दाताहरु खाद्यान्न सामाग्री लिएर गाउँ पुगेका हुन्।

दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२, को लाईपुर, खर्च, पान्चलिङ, भल्टार, थरीगाउ र बासखोलाका बिपन्न ६५ घर परिवारलाई प्रतिघर एक बोरा चामल सहित दाल, तेल, नुन, चिनी, साबुन पुर्याएका छन्।  

खानेकुरा सकिएर टाकिको मुन्टा र गिट्ठा खाएर जीवनसँग संघर्ष गरिरहेका बस्तिमा खाद्यान्न बितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेका थिए। २० जना सहयोगी व्यक्तिहरुबाट संकलन भएको रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताइन्। दाताहरूले ल्याएको खाद्यान्न अध्यक्ष टंक थापाको उपस्तिथिमा एक लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ।

जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौले पनि खाद्यान्न सहित लत्ताकपडा सहयोग गरेको छ। विभिन्न दाताहरुबाट प्राप्त भएको लत्ताकपडा बिपन्न परिवारका सदस्यहरुलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष अध्यक्ष रोशन श्रेष्ठले बताए। चेपाङ, तामाङ र मगर समुदायका बिपन्न परिवार राहत पाउँदा चेपाङ परिवार खुसी भएका छन्। 

प्रकाशित: ९ असार २०७८ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App