५ वैशाख २०८१ बुधबार
समाज

लगातारको वर्षा: जोखिममा ग्रामीण सडक

लगातार वर्षाका कारण जिल्लाको ग्रामीण सडकमा जोखिम बढेको छ। अहिले पर्वतको दम्भाखोलादेखि पर्वतको नागलिवाङ हुँदै लुप्राङ जोडिने सडक खण्डमा जोखिम बढको हो । उक्त सडकको व्यवस्थित तरिकाले मर्मत सम्भार नहुँदा सर्वसाधारण र सवारीचालकहरु जाखिमपुर्ण यात्रा गर्न बाध्य छन्।  

जिल्लाको  सदरमुकामदेखि गाँउ सम्म जोड्ने करिब ५ किलोमिटर को सडक असुरक्षित बनेको स्थानीय राम्जी रेग्मीले बताए। अहिले सडक हुँदा पनि यसबारे स्थानीय सरकारले कुनै चासो नदेखाएको रेग्मीले गुनासो गरे।  

‘गाउँपालिकाले सडकलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सुनिन्छ। तर, सडक भने जस्ताको तस्तै मर्मत नै गरिँदैन। सडक हिलाम्मे, र गेग्रेटाले भरिएको छ। ‘बर्खा लागेपछि सडक हिलाम्मे हुन्छ। धेरै खाल्डाखुल्डी  भएपछि गाडी नै चल्छ सक्दैन। कहिले सम्म हामीले सास्ती खेप्नु पर्ने हो। समयमै सरोकारवालाहरुको ध्यान जाओस्’, उनले थपे। सडक मर्मत नगरेसम्म सवारीसाधान सञ्चालन गर्न नसक्ने उनको भनाइ छ ।  

अहिले लगातार वर्षाका कारण सडकमा पहिरो र खाल्डाखुल्डी भएपछि  खाद्यान्न ढुवानी गर्न समेत सकिएको छ छैन। सडकमा ठाउँठाउँमा सवारी फस्ने गरी खाल्डो बनेको छ। ‘हिँडेर गए पनि एक दिन पुरै लाग्छ,’ लुप्राङका एक स्थानीयले भने ,‘गाडी फसेर आफैले सामान बोकेर जानुपर्दा हैरान भइएको छ।  

चुनावको बेला गाउँपालिकाका जनप्रतिनिधिले सडक मुख्य नारा राखेपनि अहिले यो अवस्था कुनै चासो नदेखिएको उनको भनाइ छ। त्यस्तै स्थानीय सवारी चालकले सडकमा सवारी गुडाउनै नसक्ने बताउँछन्।  ‘सकडमा खाल्डाखुल्डी परेको निकै सास्ती भोग्नु परेको छ। सडकप्रति जनप्रतिनिधिले कुनै चोसो दिएका छैनन्’, चालकको गुनासो छ। 

जिल्लाको ग्रामीण सडकमा यस्ता समस्या हरेक वर्ष बर्खायाममा हुने गरेको छ। सर्वसाधारणले वर्सेनी यस्ता समस्यामा झल्दै आइरहेका छन् । हिउँदका ६ महिना सहज चल्ने सडक असारदेखि मंसिरसम्म अवरुद्व हुन्छ। स्थानीयका अनुसार  गाउँपालिकामध्येकै विकट मानिने जलजला ८ मा कालोपत्रे हुनु त परैको कुरा सडक मर्मत पनि नहुनु दुखको कुरा हो उनीहरुले पटक पटक गुनासो गर्दा स्थानीय सरकारले आश्वासन मात्र दिइँदै आएको छ। 

प्रकाशित: ९ असार २०७८ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App