coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

युवकको हत्या आरोपमा तीन पक्राउ

युवकको हत्या गरेको आरोपमा कपिलवस्तु नगरपालिका– ८ बैलौहवाका ३ जना पक्राउ परेका छन। गत असोज ७ गते पूर्व डिह बलौहवास्थित पोखरीमा स्थानीय १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरी पोखरीमा फालिएको अवस्थामा शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।

घटनाको अनुसन्धानको क्रममा मृतक बिजय बहादुर कुर्मीको स्वभाविक मृत्यु नभएको साथै मृतकको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको खुल्न आएको अधिकारीले बताए। सोही बिषयलाई लिएर अनिल काहार समेतले करिव एक महिना पहिले मृतक कुर्मीलाई कुटपिट गरको थिए। 

प्रकाशित: ९ असार २०७८ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App