८ वैशाख २०८१ शनिबार
समाज

घाईतेको हेलिकप्टरबाट उद्धार

हेलिकप्टर मार्फत पोष्टमार्टम गर्न रोल्पा अस्पतालमा शव ल्याईएको । तस्बिर: दिनेश नागरिक

लगातारको अविरल वर्षाका कारण रोल्पामा घरमाथि पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ होमाको गर्पामा मंगलवार राती ११ : ३० बजे घर माथि पहिरो जाँदा ८६ वर्षीया कर्मिता बुढा निजको नातिनी १६ वर्षीया स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिला बुढाको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा परि ४० बर्षिय टिका सिंहबुढा, ४५ बर्षिया सुनमाया बुढा र  ९ वर्षीय  सक्तीमान बुढा घाईते भएका थिए ।

घाईतेलाई बुधवार दिउसो हेलिकप्टरबाट उद्धार गरि बुटवल लगिएको छ । मृतकको शव पनि पोष्टमार्टमका लागि हेलिकप्टरबाटै रोल्पा अस्पताल पुर्याईएको हो । घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए ।  

बिहान सबेरै घटनास्थल पुगेका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले घाईतेको उद्धार गर्न हेलिकप्टरका लागि अनुरोध गरेका थिए । घटनास्थल एकदमै दुर्गममा भएको र सडक नभए पछि उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानियको सहयोगमा घाईतेको उद्धार गरिएको थियो ।  

प्रकाशित: ९ असार २०७८ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App