८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

पहिरोमा परि घर भत्किएको स्थान। तस्बिर: नागरिक

रोल्पामा घर माथि पहिरो जादा तिन जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका ९ होमाको गर्पामा गत राती साढे ११ बजे घर माथि पहिरोजाँदा ८६ वर्षीया कर्मिता बुढा निजको नातिनि १६ वर्षीया स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिला बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनामा परि ४० वर्षीय टिका सिंहबुढा, ४५ वर्षीया सुनमाया बुढा र ९ वर्षीय सक्तीमान बुढा घाईते भएका छन्। घटना स्थलमा सडक अबरुद्व भएकाले घाईतेको उद्धारमा कठिनाई भएको छ। राति नै घटनास्थल पुगेका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले घाईतेको उद्धार गर्न हेलिकप्टरका लागि अनुरोध गरिएको बताए। 

‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धार गरिसकेको छ।’

प्रकाशित: ९ असार २०७८ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App