८ वैशाख २०८१ शनिबार
समाज

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।  

काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले मंगरबारदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए।

बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ। कोरोनाभाइरस संक्रमण कम हुँदै गइरहेको भन्दै निषेधाज्ञा थप खुकुलो पारिएको छ।असार १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारी साधनमा जोररबिजोर प्रणाली लागु गरिएका छन् ।  

मोटरसाइकल, ट्याक्सी पनि जोर–बिजोर प्रणाली लागु गरेपछि चल्न थालेका छन् । तर  सार्वजनिक सवारी साधनलाई भने चल्न दिइएको छैन ।  

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न अनुमित दिइएको छ ।  

त्यस्तै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइनेछ ।  

खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ । त्यस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि पसल– जुनसुकै समयमा खोल्न पाइने पाइनेछ ।

प्रकाशित: ८ असार २०७८ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App