६ चैत्र २०८० मंगलबार
समाज

प्रवासी गोर्खालीद्वारा ७० लाखको स्वास्थ्य सामाग्री सहयोग

कन्टसन्ट्रेटर मेसिन हस्तान्तरण गरिँदै । तस्विरः नागरिक

प्रवासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोवल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।  सर्वसाधारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको ग्लोवल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताए ।  

‘कोरोना संक्रमण रहिरहेकाले गाउँगाउँमा अक्सिजन अभावका कारण सर्वसाधारणलाई समस्या हुन सक्ने भएकाले अक्सिजन कन्सन्ट्रेटर बितरण गरेका हौं,’ अध्यक्ष अधिकारीले भने ‘देश र गृह जिल्लाबासीलाई परेको समस्यामा हामी प्रवासमा बस्नेहरु सँगै साथमा छौँ ।’

कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बुधवार जिल्ला समन्वय समिति गोरखामा आयोजित एक कार्यक्रमबीच स्थानीय तहलाई ती कन्टसन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।  स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै पाण्डेले भने, ‘कोरोनाका बेला गाउँगाउँमा पुग्ने गरी कन्सन्ट्रेटर उपलब्ध गरराउनु स¥हानिय काम हो, सहयोग गर्ने बिदेशमा रहेका गोर्खालीहरु धन्यवादको पात्र हुनुहुन्छ ।’  

भूकम्प, पहिलो चरणको कोभिड संक्रमण, दोस्रो चरण सबै दुःखका बेला ग्लोवल गोरखा समाजको समन्वयमा जिल्लाबासीलाई सहयोग मिलेकाले निरन्तर सामाजिक काममा लाग्न उनले अनुरोध गरे ।  जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले स्वास्थ्य सामाग्रीले ग्रामिण भेगका नागरिकको उपचारमा सहज हुने बताए । नगरप्रमुख राजनराज पन्तले कामको शिलशिलामा बिदेशमा रहेका गोर्खालीले दुःख परेका बेला गरेको सहयोगका सही उपभोग हुने र स्थानीय सरकारले त्यसको जिम्मा लिने बताए । 

प्रकाशित: ८ असार २०७८ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App